जेठ २७ , जनकपुरधाम । एक सामरोह को बिच जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कलाकेन्द्र भवनमा विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ८६ विद्यार्थीलाई दीक्षित गरेका हुन्।
स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरू मध्ये उत्कृष्ट १० विद्यार्थीले गोल्ड मेडल समेत प्राप्त गरेका छन्। जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कलाकेन्द्र भवनमा विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ८६ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।
सन् २०१८, २०१९ र २०२० ब्याचका स्नातक तहमा विश्वविद्यालय टपरमा क्रमशः प्रिया कर्ण, दीक्षाकुमारी मण्डल र ज्योती चौधरीलाई कुलपति पदक दिइएको छ ।
त्यसैगरि, रश्मीकुमारी सन् २०२० को स्नातकोत्तर तहमा विश्वविद्यालय टप गरेकी हुन् ।
त्यसैगरी, विभिन्न संकायमा उत्कृष्ट हुने काजोल रौनियार, प्रिया कर्ण, आरतीकुमारी राउत, रुपेश ठाकुर, दीक्षाकुमारी मण्डल, पंकज यादव, दीक्षा कर्ण, रानीकुमारी साह, ज्योती चौधरी र रश्मीकुमारीलाई उपकुलपति पदक प्रदान गरिएको छ।
दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवम् कुलपति ओलीको अध्यक्षतामा विश्वविद्यालय सभा (सिनेट) को बैठक पनि बसेको थियो । संघीय सरकार मातहतको यो विश्वविद्यालयमा हाल चार संकायका १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन छन् । जसमा एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई–सिभिल, बीआईटी, बीसीए, बीएस्सी–सीएसआईटी, बीपीएच, बीएस्सी–एमएलटी, बीएस्सी–एजी, बीए–एलएलबी र बीजेएमसी छन् ।
यो विश्वविद्यालय मातहत पाँच वटा आंगिक क्याम्पस छन् भने हालै देशका ६८ वटा कलेजले सम्बन्धन लिएका छन् । जनकपुरधामस्थित यस विश्वविद्यालयको स्थापना १२ कात्तिक २०७४ मा भएको हो ।
वरिष्ठ साहित्यकार तथा प्रध्यापक डा. राजेन्द्र बिमल प्रमुख अतिथि रहेको समारोहमा विश्व विद्यालयका सहउपकुलपति समेत रहेका मधेशका मुख्यमन्त्री शतिसकुमार सिंह, उपकुलपति प्रध्यापक डा. अमरप्रसाद यादव लगायत सहभागी थिए ।

















