डिमोनास्थित परमाणु केन्द्र नजिक मिसाइल आक्रमण, ४० भन्दा बढी घाइते; इरान–इजरायल तनाव चर्कियो

८ चैत, काठमाडौ । इजरायल र इरानबीच बढ्दो तनावले खतरनाक रूप लिँदै गएको छ। इजरायलको दक्षिणी सहर डिमोनामा अवस्थित महत्वपूर्ण परमाणु अनुसन्धान केन्द्र नजिकै मिसाइल आक्रमण भएको छ। उक्त आक्रमणमा कम्तीमा ४० जना घाइते भएका छन्, जसमा एक १० वर्षका बालक पनि रहेका छन्।
इजरायली आपतकालीन सेवा ‘मागेन डेभिड एडोम’ का अनुसार घाइतेमध्ये केही मानिस मिसाइलका छर्राबाट घाइते भएका छन् भने केही बंकरतर्फ भाग्ने क्रममा लडेर वा ठोक्किएर घाइते भएका हुन्। आक्रमणपछि क्षेत्रमा त्रास र अफरातफरीको अवस्था सिर्जना भएको छ।
उक्त घटना त्यतिबेला भएको हो, जब इरानले आफ्नो नतांज परमाणु केन्द्रमा भएको भनिएको आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएको थियो। तर, इजरायलले नतांजमा कुनै आक्रमण नगरेको स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का अनुसार डिमोनास्थित परमाणु केन्द्रमा ठूलो क्षति वा विकिरण चुहावट भएको कुनै संकेत देखिएको छैन। यद्यपि, परिस्थितिलाई नजिकबाट निगरानीमा राखिएको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    निलार्जुन कलेजमाथि गुठी जग्गा कब्जाको आरोप, कलेजले भन्यो– ‘आरोप तथ्यहीन

    Read more

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more