जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो, सुरक्षा कमजोरी भएको निष्कर्ष

२४ फागुन, काठमाडौ । जेनजी आन्दोलनको घटनाबारे अध्ययन गर्न गठन गरिएको जाँचबुझ आयोगले छ महिनापछि आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
आयोगले आइतबार (फागुन २४) प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो। आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार जेनजी आन्दोलनका क्रममा सुरक्षा व्यवस्थामा कमजोरी देखिएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रवक्ता शर्माले आन्दोलनका बेला ‘सेक्युरिटी ल्याप्सेस’ अर्थात् सुरक्षा कमजोरी भएको पुष्टि भएको बताए। “म यत्तिचाहिँ भन्छु, जेनजी आन्दोलनका क्रममा सेक्युरिटी ल्याप्सेस भएकै छ,” उनले भने, “हामीले त्यसबारे कारबाहीको सिफारिस पनि गरेका छौँ।”
यद्यपि उनले कस्तो प्रकारको कारबाही सिफारिस गरिएको छ र कस–कसलाई जिम्मेवार ठहर गरिएको छ भन्नेबारे भने अहिले खुलाउन नमिल्ने बताए।
जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले उक्त जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले छ महिनासम्म विभिन्न पक्षसँग छलफल, अध्ययन तथा प्रमाण संकलनपछि अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more