रौतहट–१ मा कांग्रेसबाट अनिल कुमार झाको उम्मेदवारी

माघ ६, रौतहट।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको टिकटमा रुख चुनाव चिन्ह लिएर अनिल कुमार झा चुनावी मैदानमा उत्रिने भएका छन् ।
झा यसअघि सद्भावना पार्टीका अध्यक्ष रहेका थिए । उनले  नेपाली कांग्रेसमा आबद्ध भएसँगै कांग्रेसको  चुनाव चिन्ह रुख लिएर  उम्मेदवारी दिने निर्णय गरेका हुन् । कांग्रेस स्रोतका अनुसार पार्टीले झालाई औपचारिक रूपमा टिकट प्रदान गरिसकेको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार झाले तोकिएको समयभित्र निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउने तयारी गरेका छन् । उनको उम्मेदवारीले रौतहट–१ को राजनीतिक समीकरण थप रोचक बनेको छ ।

  • सम्बन्धित समाचारहरु

    अमेरिका–ईरान तनाव पुनः चर्कियो, हर्मुज क्षेत्रमा सैन्य गतिविधि तीव्र

    Read more

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more