धनुषा क्षेत्र नं. २ बाट पशुपति यादव जसपा नेपालका उम्मेदवार

माघ ४, जनकपुरधाम । धनुषा — धनुषा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवारीको चहलपहल तीव्र बन्दै गएको छ। यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पशुपति यादवले उम्मेदवारी दिने भएका  छन।

मधेस आन्दोलनका अगुवा मध्येका एक पशुपति यादव हाल जसपा नेपालका धनुषा जिल्ला अध्यक्षसमेत रहेका छन्। संगठनात्मक पकड र आन्दोलनको पृष्ठभूमिका कारण उनको उम्मेदवारीलाई बलियो सम्भावनाका रूपमा हेरिएको छ।
यसअघि नेकपा एमालेले उमाशंकर अरगरियालाई क्षेत्र नं. २ को उम्मेदवार घोषणा गरिसकेको छ। त्यस्तै, नेकपाबाट रामचन्द्र झा क्षेत्र नं. २ का लागि एकल दावेदारका रूपमा अघि बढिरहेका छन्।

विभिन्न दलका प्रभावशाली नेताहरू उम्मेदवारीको तयारीमा जुटेसँगै धनुषा क्षेत्र नं. २ मा यसपटक कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। औपचारिक उम्मेदवारी घोषणा भने सम्बन्धित दलहरूको केन्द्रीय निर्णयपछि सार्वजनिक हुने जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more