काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन साहद्वारा राजीनामा

माघ ४, काठमाडौ । — काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन साहले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम मिति २०८२ साल माघ ४ गतेदेखि लागू हुने गरी स्वेच्छिक राजीनामा पेश गरेका हुन्।
नगर प्रमुख साहले उप–प्रमुख सुनिता डंगोललाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको उल्लेख गरेका छन्। साथै, आगामी दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा अझ प्रभावकारी, पारदर्शी तथा परिणाममुखी बनोस् भन्ने कामना व्यक्त गरेका छन्।

राजीनामासँगै काठमाडौं महानगरपालिकाको नेतृत्व संरचनामा परिवर्तन आउने भएको छ। उप–प्रमुख सुनिता डंगोलले अब कानुनी प्रक्रिया अनुसार नगर प्रमुखको जिम्मेवारी सम्हाल्ने विषयमा औपचारिक प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more