मोटरसाइकल दुर्घटनामा सशस्त्रका सइको मृत्यु

२५ जेठ, विराटनगर । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ) को मृत्यु भएको छ ।

मोरङ कानेपोखरी गाउँपालिका– ४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो ।

राजवंशी सशस्त्र प्रहरी बलको प्रहरी नायव निरीक्षक (सइ) हुन् । उनी इलामको बीओपी समालबुङ पोष्टमा कार्यरत थिए ।

घरबाट कार्यक्षेत्र जाँदै गर्दा उनले चलाएको प्र.१– ०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply