प्रधानमन्त्री सुशीला कार्कीको स्पष्टोक्ति: सामाजिक सद्भाव कायम राख्न अपिल

मंसिर १४, काठमाडौ । काठमाडौँ, मंसिर ११ — प्रधानमन्त्री सुशीला कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै स्पष्टोक्ति दिएकी छन्। सामाजिक सञ्जालमार्फत जारी गरिएको सन्देशमा प्रधानमन्त्री कार्कीले आफूबाट व्यक्त भनाइले कुनै धर्म वा समुदायलाई होच्याउने आशय नराखेको र नियत पनि नभएको प्रस्ट पारिन्।

“कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन। सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ,” भन्दै उनले सबै धर्मप्रति समान सम्मान रहेको उल्लेख गरिन्। उनले देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबै नागरिक, समुदाय र सरोकारवाला पक्षमा विनम्र अनुरोध समेत गरेकी छन्। १६ दिने अभियान महिला तथा लैंगिक हिंसाविरुद्ध जागरण फैलाउने महत्त्वपूर्ण सामाजिक अभियान भएकाले यसलाई सकारात्मक उद्देश्यका साथ अघि बढाउनुपर्ने र आपसी एकता तथा सामाजिक सद्भाव यथावत् राख्नुपर्नेमा उनले जोड दिएकी छन्।

प्रधानमन्त्रीको सन्देशपछि राजनीतिक वृत्तदेखि नागरिक समाजसम्मले अभियानलाई विवादबाट मुक्त राखेर लैंगिक न्याय र हिंसा न्यूनीकरणमा केन्द्रित हुनुपर्ने धारणा राख्न थालेका छन्। सरकारले अभियानका क्रममा हुने कार्यक्रमहरूलाई समावेशी र सम्मानजनक वातावरणमा सञ्चालन गर्ने प्रतिबद्धता समेत दोहोर्‍याएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपा जनकपुरधाम प्रथम नगर सभापतिमा ललन नायक निर्वाचित

    Read more

    आइतबारको बिदा खारेज हुने समाचार गलत, सरकारद्वारा स्पष्ट खण्डन

    Read more