बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीमा जाँदै अखिल

२१ असोज, काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दायर गर्ने भएको छ ।

अखिलका महासचिव दीपक धामीका अनुसार केहीबेरमै उनीहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर जाहेरी दर्ता गर्ने तयारीमा छन् ।

‘तोडफोड, आगजनी र प्रहरी हत्या सम्बन्धी घटनामा उजुरी दिन लागिरहेका छौँ । केही समयपछि प्रहरी परिसर जान्छौँ,’ धामीले बताए ।

गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा संसदमुखदेखि सिंहदरबार र विभिन्न प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएका घटनाहरू घटेका थिए ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more