जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार

भदौ २४,जलेश्वर ।  महोतरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार भएका छन् । साँझ ७ बजे ५ सयभन्दा बढी संख्यामा आएका प्रदर्शनकारी र भित्रका कैदीले एकै साथ पर्खाल भत्काएपछि स्थिति नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।
‘आन्दोलनकारीको हातमा भाटा र कैदीको हातमा खाना बनाउन ल्याएको चिर्पट हुँदा प्रहरीले केही गर्न सक्ने अवस्था थिएन,’उनले भने । अहिले जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ । सुरक्षा निकायको बैठक बसिरहेको छ भने जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ बजेर ४० मिनेटदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more