विद्यमान परिस्थिति थप जटिल नबनाउन नेपाली सेनाको संयमता अपनाउन सबैलाई आग्रह

भदौ २४, काठमाडौ । देशभर उत्पन्न भइरहेका घटनाक्रमलाई मध्यनजर गर्दै नेपाली सेनाले संयमता अपनाउन र सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई जोगाउन सबैलाई आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सम्पूर्ण युवा जनशक्ति र देशबासीमा संयमित रहन अपील गरेको हो।

सेनाले राष्ट्रको शान्ति, स्थायित्व र सार्वभौमिकतामा कुनै खलल नपरोस् भन्ने उद्देश्यले सबै पक्षलाई जिम्मेवार र अनुशासित ढंगले अघि बढ्नुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाली सेनाले राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सामाजिक सद्भावलाई प्रमुख प्राथमिकता दिँदै आएको छ। वर्तमान परिस्थितिमा सबै नागरिकले संयमता अपनाउनु अत्यावश्यक छ।”

सेनाले युवाहरूप्रति विशेष अपील गर्दै आवेगमा नआई राष्ट्रिय हित र शान्तिपूर्ण अभिव्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताएको छ। साथै, सम्भावित उत्तेजना वा हिंसात्मक गतिविधिले मुलुकलाई थप समस्यामा धकेल्ने चेतावनी दिँदै सो प्रकारका क्रियाकलापबाट टाढा रहन आह्वान गरिएको छ।

राष्ट्रकै सुरक्षा संस्थाको हैसियतले नेपाली सेनाले नागरिक, राजनीतिक दल र राज्यका निकायबीच आपसी सहयोग र विश्वास कायम राख्दै संकट समाधानमा सबैलाई एकजुट हुन आह्वान गरेको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    आन्दोलन घोषणा गरेलगत्तै दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

    Read more

    गृहमन्त्री सुदन गुरुङद्वारा मटिहानी सीमाक्षेत्रको निरीक्षण, मन्दिर र पीर बाबा मजारको भ्रमण

    Read more