जनकपुरधाममा कर्फ्यू जारी, आन्दोलन उग्र भएपछि सुरक्षा कडा

जनकपुरधाम, भदौ २४ । युवाहरुको आन्दोलन उग्र बन्दा जनकपुरमा कर्फ्यू जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले मंगलबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन्।

प्रजिअ आचार्यले सुरक्षा कारण देखाउँदै तोकिएको क्षेत्रभित्र सभा, जुलुस, प्रदर्शन, हिँडडुल, जमघट तथा अन्य गतिविधि पूर्ण रूपमा निषेध गरिएको जानकारी दिएका छन्। उनका अनुसार आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार आवश्यक कारबाही गरिनेछ।

कर्फ्यू लागू हुने क्षेत्रमध्ये मधेश भवनको उत्तरतर्फ पर्ने मुशहरी टोल चोक (वडा नं.१३) देखि दक्षिणतर्फ, मुजेलिया हाइवे सडकस्थित बाबा पेट्रोल पम्पदेखि लादोको दुधमती पुलसम्म, पूर्वतर्फ घाँसे मैदान चरण क्षेत्र नजिक कदमचोकको पूर्वतर्फ पर्ने जलाद पुलदेखि पश्चिम, दक्षिणतर्फ हनुमाननगर सिक्स लाइन चोकदेखि उत्तरतर्फ र पश्चिमतर्फ ढल्केवर–भिठामोड हाइवे क्षेत्रलाई समेटिएको छ।

कर्फ्यू आदेशसँगै जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले आम नागरिकलाई शान्त रहन र सरकारी आदेश पालना गर्न आग्रह गरेको छ।

 

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more