काठमाडौमा अनिश्चितकालिन कर्फ्यु आदेश

भदौ २४, काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार बिहानैदेखि काठमाडौं महानगरपालिकाको चार किलोमिटर भित्र पर्ने क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। आइतबार साँझ प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अनुपस्थितिमा कार्यवाहक प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरेको आदेशअनुसार भदौ २४ गते बिहान ५:३० बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू हुने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार सो क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना गर्न पाइने छैन।

निषेधाज्ञा लागू हुने क्षेत्र

काठमाडौं महानगरपालिकाभित्रको त्रिपुरेश्वरको पुरानो बसपार्क, कोटेश्वर चोक, ग्वार्को, चावहिल, नारायणगण चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी हुँदै त्रिपुरेश्वर नजिकको नयाँ बसपार्कसम्मको चक्रपथ क्षेत्रभित्र सम्पूर्ण भूभाग निषेधाज्ञा क्षेत्र तोकिएको छ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। तर, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी बोकेका सवारी, सरकारी काममा खटिएका सवारी, पत्रकार, पर्यटक तथा मानव अधिकारकर्मीका सवारी साधनलाई भने विशेष पास वा टिकटको आधारमा आवागमन गर्न दिइनेछ।

 

 

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more