मालपोत कार्यालय काभ्रेका नासु नगद सहित अख्तियारको नियन्त्रणमा

१८ भदौ, काभ्रेपलाञ्चोक । मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

बुधबार बिहान अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा पुगेको र थप जानकारी टोली आयोग आएपछि मात्र जानकारी हुने बताए ।

भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more