एकिकृत अस्पताल संचालन तथा ब्यवस्थापन समितिको मस्यौदा कर्मचारी मैत्री बनाउन सुझाव

१ भदौ, जनकपुरधाम । मधेश प्रदेश अन्तर्गत प्रादेशिक अस्पताल ईकाई समितिको अस्पताल विकास समिति कर्मचारी युनियनले एकिकृत अस्पताल संचालन तथा ब्यवस्थापन समितिलाई ब्यवस्था गर्न बनेको बिधेयकको मस्यौदालाई कर्मचारी मैत्री बनाउन राय सहितको सुझाव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ ।

युनियनले पठाएको सो पत्रमा सम्पुर्ण संघीय अस्पतालहरुको ब्यवस्थापन तथा प्रदान गरिने सेवामा एकरुपता ल्याउनुको साथै सो अस्पतालहरुमा रहने जनशक्ति ब्यवस्थापन, सेवाको शर्त एवं सुविधामा समान ब्यवस्था कायम गर्न र सेवा प्रवाहमा पारदर्शिता कायम गरी आर्थिक अनुशासन कायम गर्न सो मस्यौदा कर्मचारी मैत्री बनाउन उल्लेख गरिएको छ ।

जस अन्तर्गत निर्देशक समिति र अस्पताल संचालनको ब्यवस्थापन समितिमा अस्पताल विकास समिति कर्मचारी ट्रेड युनियनको एकजना प्रतिनिधि राख्नुपर्ने, मन्त्रालयले स्वीकृत गरेको दरबन्दीको आधारमा मानव श्रोतको ब्यवस्थापन नेपाल स्वास्थ्य सेवा तथा प्रशासन सेवाका कर्मचारीबाट हुनुपर्ने, हालसम्म विकास समितिमा नियुक्त भएका सम्पुर्ण कर्मचारीहरुलाई एक पटकका लागि स्थाई गरिने र नयाँका लागि नयाँ ऐन बमोजिम लागु हुने, जुन अस्पतालका लागि नियुक्त भएको हो सोही अस्पतालमा कामकाज गर्न पाउनुपर्ने र सरुवा हुन चाहेमा मात्र मन्त्रालयले दुबै अस्पतालको सहमति लिई सरुवा गर्ने, २०७६ साल अघि नियुक्त भएका सम्पुर्ण कर्मचारीलाई एक तह बढुवा गरिनुपर्ने जस्ता राय सुझाव संकलन गरी एक सय अठ्ठाईस जनाले संयुक्र रुपमा हस्ताक्षर गरेको सो पत्र मन्त्रालयमा पठाईएको छ ।

यही साउन १६ गते सो मन्त्रालयले एकिकृत अस्पताल संचालन तथा ब्यवस्थापन समतिलाई ब्यवस्था गर्न बनेको बिधेयक मस्यौदामा कुनै राय सुझाव भए १५ दिन भित्र पठाउन सुचना प्रकाशित गरेको थियो । साथै यो ऐन लागु भएपछि नेपालका करीब १४ वटा अस्पताल विकास समिति खारेज हुने सो मस्यौदामा उल्लेख गरिएको छ ।

 

 

एकिकृत अस्पताल संचालन तथा ब्यवस्थापन समितिको सुझाव

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    Leave a Reply