जनकपुरधाममा अस्पताल कर्मचारी मृत फेला

श्रावण ३१, जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रदेशिक अस्पताल जनकपुरको प्रस्तुति वार्ड पछाडि रहेको लुन्ड्री कक्षमा  एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका ४० वर्षीय भोला मेस्तर मृत अवस्थामा भेटिएका हुन्। उनी सोही अस्पतालमा कार्यरत कर्मचारी रहेको अस्पताल स्रोतले जनाएको छ।अस्पतालकै लुन्ड्री कक्षमा फलामको पाइपमा प्लास्टिकको डोरीको सहायताले झुन्डिएको अवस्थामा मेस्तरलाई बिहान पारी लुन्ड्रीमै काम गर्ने धनुषाको सबैला नगरपालिका–१ पटेर्वाका मुकेश यादवले देखेका थिए। तत्काल प्रहरीलाई जानकारी गराइएपछि घटना सार्वजनिक भएको हो।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि मात्रै मृत्युको कारणबारे स्पष्ट हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply