जनकपुरधामको थापाचोकमा रेल–कार ठोक्किँदा चालकलाई सामान्य चोट

श्रावण २५, जनकपुरधाम। जनकपुरको थापाचोकमा होटल सूपा नजिक आज बिहान करिब ८:४५ बजे रेल र कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। प्रत्यक्षदर्शीका अनुसार, भांगहा दिशाबाट जनकपुरतर्फ जाँदै गरेको रेललाई थापाचोकतर्फबाट जानकी मन्दिर जाँदै गरेको कारले रेलवे लिक क्रस गर्ने क्रममा ठोक्किएको हो।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। कार चालकलाई सामान्य चोट लागेको छ भने कारमा सामान्य क्षती भएको  र आवश्यक उपचार भइरहेको खबर प्राप्त भएको छ।

दुर्घटनापछि केही समय रेलको आवागमन प्रभावित भए पनि अहिले सञ्चालन सामान्य भएको जनाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाम लगायत मिथिलाञ्चलमा आज लोकपर्व चौरचन मनाइँदै, जनकपुरधामसहित विभिन्न पालिकामा सार्वजनिक बिदा

    Read more

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    Leave a Reply