भारतीय पर्यटक नेपाल प्रवेशमा कडाइ: एसएसबीको निगरानी कडा, अब दूतावासबाट विशेष अनुमति अनिवार्य

२९ असार, भैरहवा ।नेपाल–भारत सीमामा भारतीय पर्यटक बसहरूमाथि सशस्त्र सीमा बल (SSB) ले कडा निगरानी सुरु गरेको छ। विगत दुई दिनदेखि भारतबाट नेपाल प्रवेश गर्न खोज्ने पर्यटक बसहरूलाई लगातार सीमामा रोक्ने, सोधपुछ गर्ने र आवश्यक कागजात नहुँदासम्म प्रवेश नदिने कार्य व्यापक रूपमा देखिएको छ।

अबदेखि नेपाल प्रवेशका लागि केवल पर्यटक अनुमतिपत्र पर्याप्त नहुने भएको छ। सशस्त्र सीमा बलका अनुसार यात्रुहरूसँग भारत भित्र घुमफिरको लागि जारी गरिएको सामान्य अनुमति नेपाल प्रवेशका लागि मान्य नहुने बताइएको छ। एसएसबीका अधिकारीहरूले भनेका छन्, “नेपाल प्रवेशको लागि अनुमति पत्रमा स्पष्ट रूपमा ‘नेपालको लागि मान्य’ लेखिएको हुनुपर्छ। अन्यथा प्रवेश नदिइनेछ।”

यश किसिमको समस्या पश्चिमी नाकामा देखिरहेको छ पुर्व र मध्यभाग मधेस प्रदेस सङ्गै टासिंएको भारतीय नाकामा यसकिसिमको समस्या को सूचना तात्काल प्राप्त भएको छैन।

अब ‘नेपालस्थित भारतीय दूतावास’ बाट अनुमति लिनु पर्ने

यस नयाँ नियमअनुसार भारतबाट नेपाल आउन चाहने यात्रुहरूले अब नेपालस्थित भारतीय दूतावास बाट विशेष अनुमति लिनुपर्नेछ। साथै, यात्रुहरूले “फारम-सी” नामक एक छुट्टै फर्म दूतावासमा बुझाउनु पर्ने अनिवार्यता थपिएको छ। यो प्रक्रिया पूरा नगरेसम्म अब नेपाल प्रवेश असम्भव देखिन्छ।

भारतको विभिन्न राज्यबाट नेपाल घुम्न आउन लागेका सयौं यात्रुहरू सीमामा रोकिएको घटनाले व्यापक असुविधा निम्त्याएको छ। नेपाल आउने पर्यटक बसहरू विशेषगरी उत्तर प्रदेश, बिहार, झारखण्ड र पश्चिम बंगाल क्षेत्रबाट दैनिकरूपमा जनकपुर, वीरगञ्ज, लुम्बिनी, पोखरा, काठमाडौं जस्ता पर्यटकीय शहरहरूमा जान्छन्।

बक्सरबाट आएका एक पर्यटकले भने, “हामीले टिकट लिएर, अनुमति लिएर निक्लेका थियौं। तर सीमामा आएर बल्ल थाहा भयो कि अब अर्को अनुमति आवश्यक रहेछ। हाम्रो सारा कार्यक्रम बिथोलियो।” उनले थपे, “दूतावासमा पुगेर कागज बुझाउने र अनुमति लिने झन्झटले अब कोही नेपाल आउँछन् जस्तो लाग्दैन।”

नेपाल-भारत खुला सीमामा तानाव?

नेपाल र भारतबीच दशौं वर्षदेखि रहेको खुला सिमा नीति अन्तर्गत दुबै देशका नागरिकहरू आवत–जावत, व्यापार तथा घुमफिरका लागि स्वतन्त्र छन्। तर पछिल्लो समय भारतले पर्यटक बसहरू र यात्रुहरूमाथि यति कडा निगरानी थालेपछि, यसको प्रभाव खुला सीमाको मर्ममा नै पर्ने देखिन्छ।

ब्यवसायीहरू चिन्तित छन् कि यस्तो नीतिका कारण सीमावर्ती व्यापार, धार्मिक पर्यटन, र दुई देशबीचको पारस्परिक सम्बन्धमा असर पर्न सक्छ।

धार्मिक पर्यटनमाथि आघात

जनकपुरधाम, लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथजस्ता धार्मिक स्थलहरू भारतीय हिन्दु पर्यटकहरूका लागि विशेष आकर्षणका केन्द्र हुन्। विशेषतः अयोध्या, वाराणसी, मथुरा, हरिद्वार क्षेत्रबाट आउने यात्रुहरू नेपालमा जानकी मन्दिर दर्शन गर्न आउने गरेका छन्।

तर अनुमति प्रक्रिया कठोर हुँदै गएपछि ती धार्मिक यात्रा रोकिने संकेत देखिएको छ। नेपाल पर्यटन वर्षको सन्दर्भमा यस्तो कठोरता घातक सावित हुन सक्ने विज्ञहरूको भनाइ छ।

फारम-सी के हो?

फारम-सी एक प्रकारको सूचना फर्म हो जुन कुनै पनि विदेशीले भारत वा भारतीयले विदेश यात्राका बेला सम्बन्धित देशको दूतावासमा बुझाउने प्रचलन छ। अब भारतीय पर्यटकले नेपाल प्रवेश गर्नुपूर्व काठमाडौँस्थित भारतीय दूतावासमा फारम–सी बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

यो प्रक्रिया झन्झटिलो, ढिलो हुने, र पर्यटकका लागि हतोत्साहित गर्ने भएको स्थानीय पर्यटन व्यवसायीहरूको आरोप छ।

नेपाल प्रवेशका लागि भारतीय पर्यटक बसहरूमाथि सशस्त्र सीमा बलको कडाइसँगै, अब दूतावासबाट विशेष अनुमति र फारम-सी अनिवार्य हुने भएको छ। यसले पर्यटक आवागमनमा अवरोध सिर्जना गर्नुका साथै धार्मिक, सामाजिक र आर्थिक सम्बन्धमा असर गर्ने सम्भावना देखिन्छ।

नेपाल सरकार र भारतीय पक्षबीच यस विषयमा स्पष्ट संवाद र सहमति आवश्यक देखिएको छ, नत्र खुला सीमाको ऐतिहासिक अभ्यासमा नै संकट देखिन सक्छ।

 

Source: IndoNepalNews

 

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    Leave a Reply