प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

१३ कात्तिक , काठमाडौ । विभिन्न सञ्चारमाध्यमको कार्यालयमै प्रवेश गरेर प्रहरीले पक्राउ गरेका पत्रकारहरू प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि रिहा भएका छन्।

मिडिया हाउसको कार्यकक्षमै पुगेर पत्रकारहरूलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर असन्तुष्टि व्यक्त गरेको थियो। सरकारलाई समेत पूर्वजानकारी नदिई सञ्चारमाध्यमको न्यूजरुममा प्रवेश गरी गरिएको धरपकडप्रति प्रधानमन्त्री कार्यालयले आपत्ति जनाएको हो।

घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। साथै, सञ्चारमाध्यमको समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न पनि स्पष्ट निर्देशन दिएका थिए।

प्रधानमन्त्री कार्यालयले घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। कार्यालयका अनुसार घटनाबारे आफूहरूलाई कुनै पूर्वजानकारीसमेत थिएन।

समाचारको स्रोत र लेखन प्रक्रिया पत्ता लगाउने नाममा प्रहरी अधिकारी दानबहादुर कार्कीको निर्देशन वा सक्रियतामा सञ्चारमाध्यमको कार्यकक्षमै पुगेर गरिएको पक्राउलाई प्रधानमन्त्री कार्यालयले आपत्तिजनक ठहर गरेको थियो।

 

  • सम्बन्धित समाचारहरु

    विशेष अधिवेशनदेखि विधान संशोधनसम्म एन प्याब्सन लाई मन्त्रालय को निर्देशन

    Read more

    एन–प्याब्सन नेपाल निलम्बित, अर्को निर्णय नभएसम्म संगठनका गतिविधिमा रोक

    Read more