टि २० विश्वकपमा भारतको विजयी सुरुआत, अमेरिकामाथि २९ रनको जीत

२५ माघ, मुम्बई।  — साविक विजेता भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गर्दै प्रतियोगिताको पहिलो खेलमै बलियो सन्देश दिएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनायो। कप्तान सूर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४९ बलमा अविजित ८४ रन जोडे। उनको इनिङ्समा आक्रामक र जिम्मेवार दुवै प्रकारको ब्याटिङ देखियो। अमेरिकाका बलर शाड्ली भ्यान शाल्कविकले सर्वाधिक ४ विकेट लिए पनि भारतलाई ठूलो स्कोरबाट रोक्न पर्याप्त भएन।
१६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि कृष्ण सन्जयमुर्ती र शुभम रन्जनेले समान ३७–३७ रन बनाएर संघर्ष गरे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।
भारतका बलरहरू प्रभावशाली देखिए। मोहम्मद सिराजले ३ विकेट लिएर अमेरिकी ब्याटिङलाई दबाबमा राखे भने आशिर्वाद सिंह र अक्षर पटेलले समान २–२ विकेट लिए। वरुण चक्रवर्तीले पनि १ विकेट लिएर योगदान दिए।

  • सम्बन्धित समाचारहरु

    Πώς να κατανοήσετε τις λειτουργίες ενός καζίνο

    Read more

    Zo vergelijkt je verschillende betaalfuncties stapsgewijs

    Read more