जनकपुरधाममा आचारसंहिता विपरीतका ब्यानर हटाइए

२५, जनकपुरधाम।  — नगर क्षेत्रमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका पोस्टर, ब्यानर, स्टिकर तथा झण्डा हटाइएको छ। “अबकी बार बालेन सरकार” जस्ता नारा अंकित सामग्रीसमेत सार्वजनिक स्थलमा राखिएको पाइएपछि अनुगमन टोलीले कारबाहीस्वरूप हटाएको हो।
पटक–पटक हटाउन अनुरोध गर्दा पनि अटेरी भएपछि आज आचारसंहिता अनुगमन अधिकृतको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनुषाको सहयोगमा अनुगमन गरी करिब १,००० भन्दा बढी सामग्री हटाइएको जनाइएको छ। मुख्य सडक, चोक–चौराहा र सार्वजनिक स्थल आसपास अवैध रूपमा राखिएका सामग्री हटाइएको थियो।
सम्बन्धित निकायले निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने बताउँदै आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more