दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

२४ माघ, काठमाडौ । — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईलाई पटक–पटक पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमा राप्रपाले फरक मान्यता राखेकै कारण प्रसाईलाई दुःख दिने, निरुत्साहित गर्ने र दबाउने नियतबाट राज्यले प्रतिशोध साँधेको आरोप लगाएको छ। पार्टीले कुनै व्यक्तिमाथि प्रतिशोधपूर्ण ढंगले कारबाही गर्नु अनुचित भएको उल्लेख गर्दै नागरिकको संविधानप्रदत्त अधिकार कुण्ठित गरिएको दाबी गरेको छ।
विज्ञप्तिमा नागरिकले स्वतन्त्र रूपमा हिँडडुल गर्न, बोल्न, लेख्न तथा शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार सुरक्षित हुनुपर्ने उल्लेख गर्दै प्रसाईलाई बिना शर्त अविलम्ब रिहा गर्न सरकारसँग माग गरिएको छ।
राप्रपाका अध्यक्ष अजेन्द्र लिङ्देनद्वारा हस्ताक्षरित विज्ञप्तिमा राज्यले लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप व्यवहार गर्नुपर्ने पनि आग्रह गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more