फुटपाथ अतिक्रमणविरुद्ध संकलित ३१५ हस्ताक्षर नगरप्रमुख साहलाई बुझाइयो

जनकपुरधाम, २५ माघ — जनकपुरधामका मुख्य सडक तथा बजार क्षेत्रमा बढ्दो फुटपाथ अतिक्रमणविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानअन्तर्गत संकलित हस्ताक्षर आइतबार नगरप्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको छ।
पत्रकार ध्रुब झाको संयोजनमा सञ्चालन गरिएको अभियानमार्फत संकलित ३१५ जनाको हस्ताक्षर उपमहानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख साहलाई बुझाइएको हो। अभियानको मुख्य उद्देश्य अव्यवस्थित व्यापार तथा फुटपाथ अतिक्रमण हटाउन स्थानीय सरकारलाई दबाब दिनु रहेको संयोजक झाले बताए।
हस्ताक्षर बुझ्दै नगरप्रमुख साहले जनकपुरधामलाई व्यवस्थित, सफा र नागरिकमैत्री शहर बनाउने प्रतिबद्धता जनाए। उनले फुटपाथ र सडक आम नागरिकको साझा सम्पत्ति भएको उल्लेख गर्दै अतिक्रमणविरुद्ध उपमहानगरपालिकाले कडाइका साथ कारबाही गर्दै आएको जानकारी दिए।
“पछिल्लो समय हामीले अभियानकै रूपमा फुटपाथ तथा सार्वजनिक स्थल अतिक्रमण हटाउँदै आएका छौँ। हालसम्म करिब एक हजारभन्दा बढी अतिक्रमणकारीमाथि कारबाही भइसकेको छ,” उनले भने, “अब पनि अव्यवस्थित व्यापार र गैरकानुनी संरचनामाथि सहनशीलता देखाइने छैन।”
अभियानका संयोजक झाले विगत डेढ वर्षदेखि निरन्तर रूपमा फुटपाथ अतिक्रमणविरुद्ध आवाज उठाउँदै आएको स्मरण गर्दै नागरिक दबाबकै कारण स्थानीय सरकारले थप सक्रियता देखाउन थालेको बताए। “पैदल यात्री सुरक्षित रूपमा हिँड्न पाउने वातावरण बनाउनु हाम्रो अधिकार हो। यो अभियान नागरिक अधिकारको संरक्षणका लागि हो,” उनले भने।
अभियानका तर्फबाट आगामी दिनमा पनि अनुगमन, सचेतना तथा दबाबमूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    Πώς να κατανοήσετε τις λειτουργίες ενός καζίνο

    Read more

    Zo vergelijkt je verschillende betaalfuncties stapsgewijs

    Read more