दुई कार्यकाल इमान्दारीपूर्वक पूरा गर्छु : रवि लामिछाने

२५ माघ,काठमाडौं ।— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू राजनीतिलाई जीवनको अन्तिम घडीसम्म लैजाने सोचमा नरहेको स्पष्ट पार्दै दुई कार्यकाल इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता र पदमा दीर्घकालीन टिकिरहनुभन्दा जिम्मेवारीपूर्ण योगदानलाई प्राथमिकता दिने आफ्नो धारणा दोहोर्‍याए। “इमान्दारीपूर्वक आफ्नो दुई कार्यकाल पूरा गर्छु। ती दुई कार्यकालमा आफ्नो क्षमता र सामर्थ्यले भ्याएसम्म देशका लागि योगदान दिने हो,” उनले भने।
लामिछानेले राजनीतिलाई “आर्यघाटसम्म पुर्‍याउने” सोच आफूमा कहिल्यै नरहेको उल्लेख गर्दै सीमित समयमै परिणाम देखिने काम गर्नु आफ्नो लक्ष्य रहेको बताए। उनका अनुसार निश्चित अवधिमा प्रभावकारी काम गरेर उदाहरण स्थापित गर्नु नै वास्तविक राजनीतिक उत्तरदायित्व हो।
फरक प्रसंगमा उनले आफू सर्वज्ञानी नभएको स्वीकार गर्दै नजानेका विषयमा सिक्न र विज्ञहरूको सुझाव लिन सधैं तयार रहने धारणा व्यक्त गरे। “म सबै कुरा जान्ने मान्छे होइन। आफूसँग नभएको ज्ञान स्वीकार गरेर त्यसलाई आत्मसात् गर्न सक्नुपर्छ,” उनले भने। राजनीति पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउन यस्तो दृष्टिकोण आवश्यक रहेको उनको भनाइ थियो।
लामिछानेको अभिव्यक्तिलाई रास्वपाले अघि सारेको सीमित कार्यकाल, इमान्दार नेतृत्व र सेवा–केन्द्रित राजनीतिक दर्शनसँग जोडेर हेरिएको छ। आगामी निर्वाचनको सन्दर्भमा उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै त्यसलाई काममार्फत जोगाउने प्रतिबद्धता व्यक्त गरे।

  • सम्बन्धित समाचारहरु

    Πώς να κατανοήσετε τις λειτουργίες ενός καζίνο

    Read more

    Zo vergelijkt je verschillende betaalfuncties stapsgewijs

    Read more