रास्वपाका वरिष्ठ नेता बालेनको घरमा चोरी गर्ने तीन जना पक्राउ

२५ माघ, काठमाडौ ।  — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट चोरी गरिएको केही सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट एक थान ल्यापटप, त्यसको चार्जर तथा भिडियो रेकर्डर बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।
चोरी घटनामा संलग्न मुख्य व्यक्तिका रूपमा जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा नख्खु कारागारबाट फरार रहेका एक व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ। उक्त व्यक्तिको संलग्नताबारे विस्तृत विवरण संकलन भइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    Zo verkent u verschillende tafelspellen zorgvuldig

    Read more

    Πώς να γνωρίσετε τις ενδείξεις ενός καζίνο

    Read more