सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा

२८ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन गरेकी छन्।
सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयबीचको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्य सामग्री सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसर पारेर सञ्चालनमा ल्याइएको बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि राखिएको छ।
बजारमा खाद्यवस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धि नियन्त्रण गर्दै उपभोक्तामाथिको आर्थिक भार कम गर्ने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो। सरकारी स्वामित्वको कम्पनीमार्फत आवश्यक खाद्य सामग्री सहज र तुलनात्मक रूपमा सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
उद्घाटन कार्यक्रममा मन्त्री यादवले उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन्।
सिंहदरबारको केन्द्रमै बिक्री कक्ष सञ्चालनमा आएपछि मन्त्रालयमा कार्यरत कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत दैनिक आवश्यक खाद्य सामग्री सहज रूपमा खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।
सरकारी स्वामित्वको कम्पनीले सञ्चालन गरेको बिक्री केन्द्रले बजारमा खाद्यवस्तुको मूल्य नियन्त्रण गर्न तथा उपभोक्तालाई राहत उपलब्ध गराउने सरकारको प्रयासलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more

    नेपालमै विश्वस्तरीय क्यान्सर उपचारको प्रयास, डा. बिजेश राज घिमिरे बिरामीको विश्वासको पात्र

    Read more