२९ साउन, काठमाडौ । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
यससँगै लगातार बढ्दो क्रममा रहेको सुनचाँदीको मूल्यमा शुक्रबार केही गिरावट आएको हो।

















