सरकारी अस्पतालमा सेवा सुधार अभियान, सुलभ फार्मेसी र क्यूआर प्रणाली विस्तार

१६ असार , काठमाडौ ।  सरकारले सरकारी अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र सेवामुखी बनाउन स्थलगत अनुगमन अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता को निर्देशनमा राजधानीका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा सेवाग्राही सहजीकरण, सरसफाइ तथा व्यवस्थापकीय पक्षको अनुगमन गरिएको हो।
अनुगमनका क्रममा अस्पतालहरूमा सेवाग्राहीलाई सहज रूपमा औषधि उपलब्ध गराउन सुलभ फार्मेसीको व्यवस्था, सेवा लिन सहज बनाउने क्यूआर प्रणाली तथा थप सेवा काउन्टर सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
यस्तै, सेवाग्राहीप्रति स्वास्थ्यकर्मीको व्यवहारलाई थप जिम्मेवार र सेवामुखी बनाउन व्यवहार सुधारसम्बन्धी तालिमसमेत सञ्चालन गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ यस्तो अनुगमन तथा सुधार अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more