श्रीरामको मूर्ति निर्माण रोकिएपछि ढाकामा हिन्दुहरूको शक्ति प्रदर्शन

६ अषाढ, ढाका (बंगलादेश)।— बंगलादेशको राजधानी ढाका मा हिन्दु समुदायले भगवान् रामको कथित अपमानको विरोध गर्दै तथा धार्मिक स्वतन्त्रताको सुनिश्चितताको माग राख्दै विशाल मशाल जुलुस निकालेका छन्।
गाइबान्धाको पोलाशबारीस्थित सनातन कम्प्लेक्समा भगवान् रामको मूर्ति निर्माण कार्य रोकिएको घटनापछि हिन्दु समुदायमा असन्तुष्टि बढेको बताइएको छ। सोही विषयलाई लिएर आयोजित प्रदर्शनमा सहभागीहरूले दोषीमाथि तत्काल कारबाही गर्न तथा धार्मिक गतिविधिमा अवरोध नगर्न सरकारसँग माग गरेका छन्।
शाहबाग इन्टरसेक्सनबाट सुरु भएको मशाल जुलुस शाहबाग स्क्वायर, मत्स्य भवन हुँदै राष्ट्रिय प्रेस क्लबसम्म पुगेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले “जय श्री राम” लगायतका नाराबाजी गर्दै धार्मिक अधिकारको संरक्षण गर्नुपर्ने आवाज उठाएका थिए।
प्रदर्शनकारीहरूले हिन्दु समुदायका धार्मिक स्थल, सांस्कृतिक सम्पदा तथा धार्मिक परियोजनाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, धार्मिक आस्था र स्वतन्त्रतामाथि कुनै प्रकारको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन्।
हिन्दु समुदायको यो प्रदर्शनलाई बंगलादेशमा धार्मिक स्वतन्त्रता, अल्पसंख्यक समुदायको अधिकार तथा धार्मिक सहिष्णुतासम्बन्धी पछिल्लो महत्वपूर्ण आन्दोलनका रूपमा हेरिएको छ। स्थानीय प्रशासनले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more