राम मन्दिरको प्राङ्गणमा सिया मेडिकेयरद्वारा निःशुल्क स्वास्थ्य शिविर

३० असोज, जनकपुरधाम। दशैं मेलामा सहभागी हुने श्रद्धालु भक्तजनहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सिया मेडिकेयर प्रा.लि., जनकपुरधाम–२ ले राम मन्दिरको अगाडिको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

सिया मेडिकेयरले आजदेखि लगातार दुईदेखि तीन दिनसम्म सञ्चालन गर्ने उक्त शिविरमा दशैं मेलामा आउने श्रद्धालु भक्तजनलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ।

मेडिकेयरका निर्देशक डा. राजिव कुमार झाले मेलामा सहभागी हुने सम्पूर्ण श्रद्धालु भक्तजनलाई शिविरबाट उपलब्ध हुने निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेका छन्।

‘सेवा नै धर्म हो, स्वास्थ्य नै धन हो’ भन्ने भावनासहित आयोजना गरिएको शिविरले दशैं मेलामा आउने भक्तजनलाई आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more