प्रधानमन्त्री बालेनले सेयर गरेको सस्तो इन्टरनेट प्याकेजमा टेलिकमलाई ५० हजार जरिवाना

३१ असोज , काठमाडौ ।  नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृतिबिना इन्टरनेट प्याकेज सञ्चालन गरेको भन्दै नेपाल टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, नेपाल टेलिकमसहित विभिन्न इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणबाट जारी गरिएको अनुमतिपत्रका सर्तविपरीत सेवा सञ्चालन गरेको पाइएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम नेपाल टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको हो।

प्राधिकरणका अनुसार, अनुमति तथा स्वीकृतिबिना सञ्चालन गरिएका इन्टरनेट सेवाका प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे प्राधिकरणलाई जानकारी गराउन सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिइएको छ।

त्यस्तै, दूरसञ्चार सेवा प्रदायकहरूले इन्टरनेट सेवाको प्याकेज तथा शुल्क प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने र स्वीकृत शुल्क सार्वजनिक सूचनामार्फत प्रकाशित गर्नुपर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

प्रधानमन्त्रीसमेतले सामाजिक सञ्जालमा साझा गरेको नेपाल टेलिकमको सस्तोदरको इन्टरनेट प्याकेजसमेत स्वीकृतिबिना सञ्चालन गरिएको विषय चर्चामा आएको छ। यसै सन्दर्भमा प्राधिकरणको कारबाहीले दूरसञ्चार सेवा प्रदायकहरूले नयाँ प्याकेज तथा शुल्क लागू गर्नुअघि नियामक निकायको स्वीकृति लिनुपर्ने व्यवस्थालाई पुनः चर्चामा ल्याएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more