रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न सरकारले तोक्यो तीन स्थान

११ भदौ, काठमाडौ  । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सहयोग गर्न सरकारले राहत सामग्री संकलन गर्ने तीनवटा स्थान तोकेको छ।

सरकारका अनुसार विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ। संकलित सामग्री आवश्यकताका आधारमा सरकारले बाढी प्रभावित क्षेत्रमा पठाउनेछ।

त्यसैगरी, स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेकधादिङको बैरेनी ब्यारेकमा संकलन गरिनेछ। त्यहाँ संकलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिने जनाइएको छ।

बाढी प्रभावितका लागि राहत सहयोग गर्न चाहने व्यक्ति तथा संघ–संस्थाले सरकारले तोकेका यी तीनवटै स्थानमध्ये उपयुक्त स्थानमा सामग्री पुर्‍याउन सक्नेछन्। इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत समेत राहत सामग्री उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।

राहत सामग्री बुझाउने स्थान र सम्पर्क

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय आपतकालीन गोदामघर
    सम्पर्क: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि)
    📞 ९८४१८७९२२२
  • नेपाली सेनाको मैथेली ब्यारेक, बट्टार, नुवाकोट
    सम्पर्क: आविष्कार (नेपाली सेना)
    📞 ९८५१२३४३२४
  • बैरेनी ब्यारेक, धादिङ
    सम्पर्क: दिलिप घले
    📞 ९८५११५४२२६

यसैगरी आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषप्रधानमन्त्री राहत कोषमा समेत योगदान गर्न सक्नेछन्।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले राहत सहयोगलाई व्यवस्थित र आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पुर्‍याउने व्यवस्था मिलाएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more