भारतबाट बाढी प्रभावित नेपालका लागि राहत सामग्री बोकेको दोस्रो जहाज काठमाडौंमा

११ भादौ, काठमाडौ ।— बाढी प्रभावित नागरिकका लागि राहत तथा उद्धार सामग्री लिएर भारतीय वायुसेनाको दोस्रो जहाज काठमाडौं आइपुगेको छ।

विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका अनुसार उक्त जहाज केहीबेरअघि काठमाडौं अवतरण गरेको हो। जहाजबाट राहत सामग्री हस्तान्तरण गरेपछि भारततर्फ नै फर्किने जनाइएको छ।

यसअघि बुधबार राति भारतीय वायुसेनाको जहाजमार्फत १० टन राहत तथा उद्धार सामग्री काठमाडौं ल्याइएको थियो। भारत सरकारले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि उपलब्ध गराएको हो।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि पठाइएको पहिलो किस्ताको सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई हस्तान्तरण गरेका थिए।

नेपाल सरकारको आग्रहपछि भारत सरकारले बाढी प्रभावित नागरिकका लागि राहत तथा उद्धार सामग्री पठाएको हो। दोस्रो जहाजबाट ल्याइएको सामग्री पनि सम्बन्धित निकायमार्फत प्रभावित क्षेत्रमा पठाइने तयारी गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more