मैथिली विकास कोषको आयोजनामा हुने मासिक कथा गोष्ठी आज सम्पन्न

असार ७, जनकपुरधाम।   प्रत्येक महिनाको पहिलो शनिवार मैथिली बिकाष कोष  द्वारा आयोजना हुने  बिद्यार्थी केन्द्रित मासिक कथा गोष्ठी आज सम्पन्न भएको छ।

आजको कथा गोष्ठीमा दिल्ली विश्वविद्यालयका प्रोफेसर एवं मैथिली साहित्यकार डा. सविता झा र प्रसिद्ध चित्रकार संतोषकुमार दासको विशेष उपस्थिति रहेको थियो ।
गोष्ठीमा छात्रा प्रेरणा तिवारी प्रथम, छात्र कृष्णा साह द्वितिय र छात्र कुशल झा तृतीय भएका छन् । छात्र अजय कामतीको अध्यक्षतामा भएको सो कार्यक्रममा कास्मिरी खातुन , किञ्जल राय, धर्वेन्द्र यादव, अमलेश कापर, गोविन्दा मण्डल, रविकिशन मण्डल, अविशेष कापर, अनिष मण्डल, कृष्णा साह, अंशु मण्डल, राजनन्दनी तिवारी, कुशल झा, प्रेरणा तिवारीले कथाबाचन गरेका थिए । विजयी प्रतियोगीलाई दिल्ली विश्वविद्यालयका प्रोफेसर झा प्रसिद्ध चित्रकार दास, मैथिलीका वरिष्ठ समालोचक रोशन जनकपुरी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले पुरस्कार वितरण गरेका थिए ।

गोष्ठीको प्रारम्भमा ‘रोशनसरको क्लास’मा जनकपुरीले छात्रछात्रालाई कथा लेखनका टिप्स दिएका थिए ।

समारोहमा कोषका अध्यक्ष चौधरीले विद्यार्थीहरुको कथाको पुस्तक केही दिन भित्र निकालिने जानकारी दिनुभयो ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

    Read more

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    Leave a Reply