पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द

७ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।

उक्त सडकखण्डको दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन वर्षाले बगाएकोले त्यहाँ नयाँ पुल नबन्दासम्मका लागि सडक बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी -बर्दघाट सुस्ता पूर्व_को बैठकले सडक मर्मतको काम भइरहेकोले काम सम्पन्न भएपछि मात्रै यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो सडकखण्डमा ठूला गाडीलाई पूर्णरुपमा निषेध गरिएको छ भने अन्य गाडीलाई राति ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेध गरिएको छ ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more

    Leave a Reply