असार ७, जनकपुरधाम । अहिले देशभर मनसुनी वायुको प्रभाव प्रभाव छ । जेठ १५ गते नेपाल भित्रिएको मनसुन शुक्रवारदेखि देशभरि फैलिएको थियो । यसपालि मनसुन देशभरि फैलिन २३ दिन लागेको छ ।
मनसुनको प्रभावले शनिवार देशभरि आंशिकदेखि साधरणतया बदली रहेको छ भने केही भूभागहरूमा वर्षा भइरहेको छ । शनिवार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ ।
देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो कोसी प्रदेस , बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । शनिवार राति देशभर आंशिकदेखि साधरणतया बदली रहने पूर्वानुमान छ । राति देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

















