महोत्तरीमा तीन दिन राहदानी सेवा बन्द, असार २९ देखि नयाँ प्रणालीबाट सेवा सञ्चालन

२२ असार , जलेश्वर ।जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी सेवा तीन दिनका लागि स्थगित हुने जनाएको छ। राहदानी विभागले नयाँ प्रणाली लागू गर्न लागेकाले पुरानो प्रणालीबाट नयाँ प्रणालीमा डेटा माइग्रेसन (स्थानान्तरण) गर्ने कार्यका कारण सेवा अस्थायी रूपमा बन्द हुने भएको हो।

कार्यालयले जारी गरेको सूचनाअनुसार असार २४ गतेदेखि २६ गतेसम्म (तदनुसार ८ जुलाईदेखि १० जुलाई २०२६ सम्म) राहदानीसम्बन्धी सबै सेवा बन्द रहनेछन्।

यस अवधिमा नयाँ राहदानीका लागि आवेदन दर्ता (In-live), बायोमेट्रिक विवरण संकलन तथा राहदानी वितरणलगायत सम्पूर्ण सेवा अवरुद्ध हुने जनाइएको छ।

कार्यालयका अनुसार असार २९ गते सोमबार (तदनुसार १३ जुलाई २०२६) देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा पुनः नियमित रूपमा सञ्चालन गरिनेछ।

 

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more