मटिहानीमा छात्राहरुलाई साइकल वितरण

भदौ १२, मटिहानी ।मटिहानी नगरपालिका अन्तर्गतको श्रीराम माध्यमिक विद्यालय, मटिहानी–६ मा कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई आज एक विशेष कार्यक्रममा साइकल वितरण गरिएको छ ।

साइकल वितरण समारोह मटिहानी नगरपालिकाका नगरप्रमुख श्री हरि प्रसाद मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद रिसालले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । विद्यालयका प्राध्यापक श्रीश कुमार मिश्राका अनुसार कक्षा ११ मा अध्ययनरत ५८ जना छात्रालाई सो साइकल हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्री हेरम्भ शर्मा, वडा नं. ६ र ८ का वडा अध्यक्षहरू, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय श्री पवन साह र श्री अजय कुमार साह, यालना विद्यापीठ मटिहानीका प्राचार्य श्री हेम नारायण कर्ण, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, रा.स.मा.वि. का प्राचार्य श्री ईश्वरी पौडेल, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयको उपस्थिति रहेको थियो ।

मटिहानी नगरपालिकाले उक्त विद्यालयमा सात वर्षदेखि निरन्तर रूपमा छात्राहरुलाई साइकल वितरण गर्दै आएको छ । यस विद्यालयमा मटिहानीसहित सिमरदही, बहुरवा, सुगा, पर्सा पतैली, सिरसिया, धिरापुर र धनुषा जिल्लाका तुल्सियाही मुखियापट्टी, मुसरनिया लगायतका क्षेत्रका विद्यार्थी अध्ययनरत छन् ।

 

 

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more