बिहारको जन सुराजको हारपछि नेपालमा उठेका प्रश्न: नयाँ राजनीतिक मोडेल सफल हुने कि फेरि परम्परागत शक्तिको पुनरावृत्ति?

कार्तिक २९, जनकपुरधाम। शिवराम झा ” गुड्डु”—बिहार विधानसभाको ताजा परिणामले केवल भारतमा मात्र होइन, नेपालमा समेत नयाँ राजनीतिक प्रयोगका भविष्यबारे ठूलो बहस उठाएको छ। प्रशान्त किशोर (पीके) जस्तो प्रभावशाली रणनीतिकारको व्यापक प्रचार, ठूलो संगठनात्मक तयारी र वैकल्पिक राजनीतिक मोडेल प्रस्तुत गर्ने दाबी–सबै भएर पनि जन सुरज पार्टीले शून्य परिणाम ल्याएको तथ्यले नेपालका नयाँ राजनीतिक धारका लागिसमेत महत्वपूर्ण संकेत दिएको छ।

नेपालमा अहिले ठूलो राजनीतिक हलचल चलिरहेको छ। नयाँ अनुहार, नयाँ समूह, नयाँ मुद्दाहरू उठिरहेको समय छ—कतिपय दल बन्ने तयारीमा छन्, कतिपय ‘जेनजी क्रान्ति’का नाममा नयाँ राजनीतिक संस्कार स्थापित गर्ने दाबीमा छन्। आगामी चुनावलाई धेरैले देशको राजनीतिक संरचनै पल्टाउने मोडका रूपमा हेर्छन्।

तर बिहारको परिणामले एउटा कटु प्रश्न निकालिदिएको छ—
“सामाजिक लोकप्रियता र वास्तविक मतदाताको निर्णायक मनोविज्ञानबीच ठूलो अन्तर पर्न सक्छ, नेपालमा पनि त्यही दोहोरिने त होइन?”

प्रशान्त किशोरको प्रभाव र जन सुराजको धराशायी नतिजा

२०२५ को बिहार चुनावमा प्रशान्त किशोर मात्र एक उम्मेदवार थिएनन्—उनी स्वयं ब्रान्ड थिए।
भारतभरका चुनावी रणनीतिमा उनी ‘चमत्कारी विश्लेषक’का रूपमा स्थापित थिए। यही कारण उनी नेतृत्व गरेको जन सुरजले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म ठूलो उत्साह पैदा गरेको थियो।

पैदल यात्रादेखि गाउँ–गाउँको संवादसम्म, स्थानीय मुद्दादेखि संरचनागत सुधारसम्म, जन सुराजले वैकल्पिक राजनीतिक अभियानको ‘सैद्धान्तिक मोडेल’ प्रस्तुत गर्‍यो।
तर जब परिणाम आयो, पार्टी एक सिट पनि जित्न सकिन।
२४३ मध्ये अधिकांश ठाउँमा त उम्मेदवारको जमानतसम्म जफत भयो।
त्यसका विपरीत, पुराना पार्टीहरू—भाजपा र जदयू—फेरि एकचोटि दुई तिहाइ भन्दा बढि बहुमतसहित सत्तामा फर्किए। यो पराजयले यति मात्रै देखायो कि—
भीड र भोट एउटै कुरा होइन। लोकप्रियता र परिणामबीच दूरी हुन्छ।

नेपालमा पनि नयाँ राजनीतिक धारको सम्भावना तर चुनौती

नेपालमा अहिले नयाँ विचार, नयाँ मोडेल र युवा–केन्द्रित पहिचानमा आधारित राजनीतिक शक्ति बन्ने प्रयास जारी छ।
राजनीतिक विकल्प खोजिरहेको ठूलो वर्ग छ।
पुराना नेतृत्वप्रति मोहभंग बढ्दो छ।

यही पृष्ठभूमिमा प्रश्न उठ्छ—
बिहारमा असफल भएको मोडेल नेपालमा सफल होला त? कि नेपालका मतदाताले पनि अन्तिम घडीमा परम्परागत शक्तिलाई नै रोज्छन्?

जेनजी क्रान्ति यथार्थ बन्ने कि प्रचारमै सीमित?

नेपालमा चर्चामा आएको ‘जेनजी क्रान्ति’को अवधारणा उत्साहजनक त छ, तर बिहारी मोडेलले बुझाएको यथार्थ पनि त्यत्तिकै कठोर छ—

नयाँ दल बनाउनु एक कुरा हो

तर मतदाताको लामो समयको राजनीतिक मनोविज्ञान बदल्नु अर्कै कुरा नेपालमा परिवर्तन चाहने स्वर निकै बलियो छ, तर यसलाई चुनावी मतमा रूपान्तरण गर्नु चुनौतीपूर्ण यात्रा हुनेछ।

अन्तिम निर्णायक—नेपाली मतदाता

बिहारको जन सुराजले जित्न सकेन, तर मुद्दाहरू उठाउन सफल भयो।नेपालका नयाँ दल र समूहहरूले पनि मुद्दा उठाउँदैछन्। तरयिनले परिणाम दिन्छन् कि दिन्नन्—यो नेपाली मतदाताको हातमा छ।

आगामी चुनावले नेपालमा नयाँ राजनीतिक मोडेलको जन्म गराउँछ कि फेरि पुरानै संरचना बलियोसँग पुनरावृत्ति हुन्छ—समयले देखाउनेछ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more