सात दलद्वारा सर्वदलीय बैठक बहिष्कार, मुख्यमन्त्रीको भूमिका विवादित बनेपछि छलफल असफल

कार्तिक २९, जनकपुरधाम। मधेश प्रदेशमा चर्किएको राजनीतिक तनावबीच प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आज दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक बोलाएका थिए, तर बैठकमा सहभागी हुने विषयमा उत्पन्न विवादका कारण सात दल बैठकमा उपस्थित भएनन्।

गठबन्धनले बैठक बहिष्कार गर्नाको मुख्य कारण वर्तमान मुख्यमन्त्री सरोज कुमार यादवलाई नेकपा एमाले संसदीय दलको नेताको रूपमा सहभागी गराउने निर्णय रहेको जनाएको छ। सात दलका नेताहरूका अनुसार मुख्यमन्त्री यादवलाई एमाले संसदीय दलका नेता हैसियतमा सहभागी गराउनु नै बैठकलाई पूर्वाग्रही र एक पक्षिय बनाउने प्रयास भएकाले आफूहरू उपस्थित नहुने निर्णय गरिएको हो।

गठबन्धनका एक नेताले बताए,
“मुख्यमन्त्रीलाई एमाले नेता बनाइ बैठकमा ल्याउनु भनेको सर्वदलीय संवादको उद्देश्य नै गुमाउनु हो। तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा पक्षपाती ढंग देखियो, त्यसैले हामीले बैठक बहिष्कार गरेका हौं।”

यससँगै मधेश प्रदेशमा जारी राजनीतिक अस्थिरता झनै तीव्र बन्ने संकेत देखिएको छ। सर्वदलीय छलफलमार्फत समाधान खोज्ने आशा गरिएको भए पनि सात दलको बहिष्कारपछि प्रदेशसभाको संकट समाधान अझ जटिल बन्दै गएको  छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more