८ बैशाख , काठमाडौ । — बिचौलियासँगको सेयर विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङ अन्ततः राजीनामा दिन तयार भएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री बालेन शाह र प्रमुख सल्लाहकार कुमार बेनसँग भएको निर्णायक छलफलपछि उनले पद छाड्ने मनस्थिति बनाएका हुन्।
हालसम्म औपचारिक निर्णय सार्वजनिक नभए पनि उच्चस्तरीय छलफल जारी रहेको र निष्कर्ष आउन बाँकी रहेको बताइएको छ। पछिल्लो समय विवाद चुलिँदै गएपछि गृहमन्त्री गुरुङमाथि नैतिक दबाब बढ्दै गएको थियो।
गुरुङले भने आफू विवादमुक्त भएर पुनः सार्वजनिक जीवनमा फर्किने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने तयारी गरेको जनाइएको छ। उनले सत्यतथ्य बाहिर ल्याउन सहयोग पुर्याउने र आवश्यक परे कानुनी प्रक्रिया सामना गर्न पनि तयार रहेको संकेत दिएका छन्।
यस प्रकरणले सरकारभित्र नै राजनीतिक तरंग सिर्जना गरेको छ भने आगामी दिनमा यसको प्रभाव थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी
सम्बन्धित समाचारहरु
- समाचार , Breaking News
- ४५ मिनेट अगाडि
- 7 views
- 0 minutes Read
प्रदर्शन चर्किएपछि जनकपुर उपमहानगरपालिकाभित्र अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी
Read moreछुटाउनुभयो कि?
सुनसरी घटनापछि हिन्दुवादी संगठन एकजुट, ‘संयुक्त हिन्दू मोर्चा’ गठन; हिन्दू राष्ट्र घोषणा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी
- 5 views
प्रदर्शन चर्किएपछि जनकपुर उपमहानगरपालिकाभित्र अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी
- 7 views
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र
- 15 views
सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी
- 22 views
सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध
- 17 views
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय एकता दलको ध्यानाकर्षण
- 22 views
जीटुजीमार्फत राष्ट्रिय परिचयपत्र प्रणाली खरिदमा प्रश्न, फ्रान्सेली कम्पनी छनोट विवादमा
- 20 views


















