कार्तिक २९, काठमाडौ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। आईओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु २.५४ र डिजेलमा रु ६.५३ ले बढेर आएको भए पनि उपभोक्तामाथि अत्यधिक भार पर्न नदिने उद्देश्यले निगमले न्यूनतम वृद्धि मात्र लागू गर्ने निर्णय गरेको छ।
निगम सञ्चालक समितिको मिति २०७८/०७/२९ को निर्णय अनुसार २०७८/०७/३० राति १२:०१ बजे (००:०१ बजेदेखि) लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा प्रतिलिटर रु ३ ले मूल्य वृद्धि गरिएको निगमले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
















