पूर्व प्रधानमन्त्री प्रचण्ड र ओलीका सुरक्षाकर्मी फिर्ता, गृह मन्त्रालयको निर्णय

असोज २३, काठमाडौ । गृह मन्त्रालयले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीका सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको छ।
मन्त्रालयले जारी गरेको निर्देशन अनुसार, प्रचण्डको सुरक्षामा खटिएका ३४ जना र ओलीको सुरक्षामा खटिएका २७ जना सुरक्षाकर्मीलाई तत्काल प्रभावले फिर्ता बोलाइने भएको हो।

स्रोतका अनुसार, यो निर्णय सुरक्षा व्यवस्थाको पुनर्संरचना र जनशक्ति पुनःव्यवस्था गर्ने गृह मन्त्रालयको हालैको नीतिअन्तर्गत आएको हो। पछिल्लो समय पूर्व प्रधानमन्त्रीहरूले प्रयोग गरिरहेका सुरक्षाकर्मीको संख्या अत्यधिक भएको भन्दै मन्त्रालयले “मानक मापदण्डअनुसारको सुरक्षा व्यवस्था” लागू गर्ने तयारी गरेको हो।

यसअघि पनि मन्त्रालयले पूर्व उच्चपदस्थ व्यक्तिहरूको सुरक्षा घटाउने निर्णय गरेको थियो, जसमा आवश्यकताअनुसार मात्रै सवारीसाधन र सुरक्षाकर्मी परिचालन गरिने व्यवस्था गरिएको थियो।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more