पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

३२ असार , काठमाडौं।  सर्वोच्च अदालतले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो।

आदेशसँगै सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले महोत्तरीको जलेश्वरस्थित कारागार कार्यालयलाई पत्राचार गर्दै, कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नरहेमा बिहीबार नै रिहा गर्न निर्देशन दिएको छ।

सर्वोच्चको आदेशपछि कोइरीको रिहाइ प्रक्रिया अघि बढाइएको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more