नेपाली फिल्मको भीपीसी शुल्क २५ प्रतिशत घटाउने निर्माता संघ र डीसीएनको निर्णय

काठमाडौं । चलचित्र निर्माता संघ र डिजिटल सिनेमा नेपाल (डीसीएन)बीच बहुचर्चित भीपीसी (भर्चुअल प्रिन्ट कस्ट)को शुल्कमा २५ प्रतिशत घटाउने सहमति भएको छ ।

केडीएम चार्ज समेत भनिने यो प्रणालीको शुल्कमा कटौती गर्नेबारे बुधबार निर्माता संघ र डीसीएनबीच वार्ता भएको थियो । साउन मसान्तदेखि लागू हुने गरि केडीएम चार्ज २५ प्रतिशत घटाउने सहमति पत्रमा निर्माता संघका सबै पदाधिकारी र डीसीएन प्रमुख अशोक शर्माले हस्ताक्षर गरेका छन् ।

यो निर्णय घरेलु चलचित्रको हकमा मात्र लागू हुनेछ । ‘आजको दिन नेपाली चलचित्र निर्माताको लागि ऐतिहासिक दिन हो’ निर्माता संघका अध्यक्ष नवल खड्काले भने, ‘निर्माताले लामो समयदेखि उठाउँदै आएको माग आज पुरा भएको छ ।’

यो निर्णयपछि निर्मातालाई वार्षिक ५० लाखभन्दा धेरै रकम मुनाफा हुने अध्यक्ष खड्काले बताए । शुल्क घटाउन निर्माता संघले उदय सुब्बाको संयोजकत्वमा गठन गरेको वार्ता कार्यदलले सक्रिय भूमिका खेलेको थियो ।

कार्यदल सदस्यमा खगेन्द्र लामिछाने, दीपेन्द्र के खनाल, दीपकराज गिरी, निश्चल बस्नेत छन् । यसअघि निर्माता संघ र प्रदर्शक संस्थाबीच हलको राजस्व बाँडफाँटमा ५०-५० प्रतिशत रकम बाँड्ने सहमति लागू भएको थियो ।

‘फिफ्टी फिफ्टीको नियम लागू हुँदा पूर्णबहादुरको सारंगी फिल्मले ३ करोडभन्दा धेरै फाइदा लियो’ अध्यक्ष खड्काले भने, ‘निर्माता संघ निर्माताको सहजीकरणमा कटिबद्ध छ ।’

  • सम्बन्धित समाचारहरु

    दिग्गज गायिका आशा भोसलेको निधन, संगीत क्षेत्रमा शोक

    Read more

    उदित नारायणविरुद्ध पहिलो पत्नीको उजुरी, आपराधिक षड्यन्त्रको आरोप

    Read more

    Leave a Reply