दिग्गज गायिका आशा भोसलेको निधन, संगीत क्षेत्रमा शोक

२९ चैत, मुम्बई। भारतीय संगीत जगतकी चर्चित तथा दिग्गज गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईस्थित क्यान्डी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।
पछिल्ला केही दिनदेखि बिरामी रहेकी भोसलेलाई अस्पताल भर्ना गरिएको थियो। चिकित्सकका अनुसार बहु-अङ्ग (मल्टिपल अर्गन) असफलताका कारण उनको निधन भएको हो। उनको निधनसँगै भारतसहित विश्वभर रहेका संगीतप्रेमीहरू शोकमा डुबेका छन्।
१९३३ सेप्टेम्बर ८ मा महाराष्ट्रको सांगलीमा जन्मिएकी भोसलेले सन् १९४० को दशकको अन्त्यदेखि आफ्नो सांगीतिक यात्रा सुरु गरेकी थिइन्। आफ्नो मधुर र मखमली आवाजका कारण उनले लाखौँ श्रोताको मन जितेकी थिइन्।
आफ्नो आठ दशकभन्दा लामो सांगीतिक यात्रामा उनले २० भन्दा बढी भाषामा १२ हजारभन्दा बढी गीत रेकर्ड गरेकी थिइन्। यस उपलब्धिका लागि उनलाई Guinness World Records ले सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो।
उनको निधनले भारतीय सिनेमा तथा संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more