भारतीय नम्बर प्लेटका सवारी रोक्ने निर्णयप्रति सर्लाहीका दलको विरोध

२९ चैत, सर्लाही ।  सर्लाही  मा क्रियाशील प्रमुख राजनीतिक दलहरूले भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी भएको भन्दै कडा विरोध जनाएका छन्।
सदरमुकाम मलङ्गवा मा आज बसेको आठ राजनीतिक दलको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयले भारतीय नम्बर प्लेटका गाडी सञ्चालनमा रोक लगाउने तथा भन्सार नतिरी सञ्चालन गर्न नदिने निर्णय गरेको भन्दै आपत्ति जनाएको हो।
बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा पूर्ववत् अवस्थामै भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न दिन माग गरिएको छ। उक्त निर्णय कार्यान्वयन गरिए आन्दोलनमा उत्रने चेतावनीसमेत दलहरूले दिएका छन्।
प्रेस विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सर्लाहीका अध्यक्ष राजनारायण साह, नेपाल कम्युनिष्ट पार्टी का जिल्ला इन्चार्ज अच्यूतम काफ्ले, राप्रपा नेपाल का जिल्ला अध्यक्ष सत्यनारायण यादव, राष्ट्रिय मुक्ति पार्टी नेपाल का अध्यक्ष गणेशकुमार यादव, जनता समाजवादी पार्टी नेपाल का जिल्ला अध्यक्ष रामप्रसाद यादव, जनता समाजवादी पार्टी का जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपाल पार्टी का जिल्ला उपाध्यक्ष रामस्वार्थ महतो ले हस्ताक्षर गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more