टिकटकमा डरत्रास र धाकधम्की फैलाउने भिडियो पोस्ट गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

२६ असोज, जनकपुरधाम। सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा सामाजिक हिंसा फैलाउने प्रकृतिको भिडियो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१९ निवासी अन्दाजी २१ वर्षीय काले भन्ने पशुपति पासवानलाई सोमबार बिहान करिब ८:३० बजे आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो।

पासवानले टिकटकमा समाजमा डरत्रास र धाकधम्की फैलाउनुका साथै हिंसालाई प्रोत्साहन गर्ने प्रकृतिको भिडियो अपलोड गरेको पाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका पासवानमाथि अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more