जनकपुर चुरोट कारखानासँग सम्बन्धित दाबी पेस गर्न २१ दिनको समय

२६ असोज, जनकपुरधाम। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले कारखानासँग सम्बन्धित दाबी तथा बक्यौता पेस गर्न सरोकारवालालाई २१ दिनको समय दिएको छ।

कारखानाको सरकारी लगानी व्यवस्थापन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले सम्पत्ति तथा दायित्व मूल्याङ्कन (ड्यु डिलिजेन्स अडिट–डीडीए) सम्बन्धी काम सम्पन्न गरेपछि कारखानाले सार्वजनिक सूचना जारी गरेको हो।

सूचनाअनुसार कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाले आफ्नो लेनदेन, कारोबार, अदालत वा अन्य निकायबाट भएका फैसला तथा निर्णय, हरहिसाब, जग्गा रोक्का, बिमा, कर्मचारी सेवा–सुविधा र अन्य दायित्वसम्बन्धी दाबी भए प्रमाणसहित पेस गर्नुपर्नेछ।

त्यस्तै, उद्योगलाई तिर्न बाँकी बक्यौता वा अन्य दायित्वसम्बन्धी दाबी भएका व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सम्बन्धित प्रमाणसहित कारखानाको कार्यालयमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ।

तोकिएको समयभित्र कुनै दाबी पेस नभए प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने र त्यसपछि उद्योगमाथि दाबी नलाग्ने बेहोरासमेत जानकारी गराइएको छ।

दाबी पेस गर्न जनकपुर चुरोट कारखाना लिमिटेड, जनकपुर, धनुषामा सम्पर्क गर्न सकिनेछ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more