जेनजी आन्दोलनका घटनाको एमालेले एक – एक हिसाब राखेको छः महेश बस्नेत

२३ असोज, काठमाडौं । एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएको घटनाहरूको एक एक हिसाब गरेर राखेको भन्दै आफूहरुलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सक्ने भए कारबाही गर्न गृहमन्त्रीलाई चुनौती दिएका हुन् ।

उनले पञ्चायत र राजतन्त्रविरुद्ध लडेका एमालेहरू छाती फर्काएर नहिँड्ने उल्लेख गरे । ‘तिमीहरुको एक-एक हिसाब हुन्छ’ उनले भने । अपराधीलाई कारबाही गर्न उनले गृहमन्त्रीको ध्यानकर्षण गराए ।

उनले अब एमालेले डिजीटल जेनरेसन फोर्स बनाएर देशव्यापी रुपमा उजुरी दिने त्यसको आधारमा कारबाही गर्न अनुरोध गरे ।

उनले भ्रष्टाचारको छानबिन गर्ने भए वर्तमान मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्ने आग्रह गरेका छन् ।

उनले जेनजी आन्दोलनका क्रममा घरजलेका अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुवासीले जग्गा उपलब्ध गराउने जानकारी दिए । ‘तपाईं आउनुहोस् हामी स्थायी बसोबासका लागि जग्गा उपलब्ध गराउँछौं ।’

सम्बन्धित समाचारहरु

लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

Read more

मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

Read more